Logo

सुनको मूल्य एक लाख ३५ हजार बढी, कतिमा हुँदैछ कारोबार?



काठमाडौं, चैत २५ । आज पुनः सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot