Logo

युवाहरुलाई अभिमुखीकरण गर्दा बाबुरामले आफू युवा भएको अनुभूति सुनाए



काठमाडौं, २५ चैत्र । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कसरी बन्छ ? भन्ने विषयमा युवाहरुलाई अभिमुखीकरण गरेका छन् । नेपालस्थित् अमेरिकी दूतावासको सहयोगमा सञ्चालित युएवाईसी २०२४ कार्यक्रमअन्तर्गत देशका सातवटै प्रदेश र ३५ जिल्लाबाट छानिएका २० देखि ३० वर्ष उमेर समूहका ५५ जना युवाहरुलाई बाबुरामले प्रशिक्षण गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्-

अमेरिकी दूतावासको सहयोगमा संचालित USYC 2024 कार्यक्रम अन्तर्गत देशका सातवटै प्रदेश र ३५ जिल्लाबाट छानिएका २० देखि ३० बर्ष उमेर समूहका ५५ जना युवाहरूलाई “नेपाल कसरी बन्छ?” विषयमा अभिमुखीकरण गर्दा युवा जोश र उमंग देखेर आफै युवा भएको अनुभूति !

नेपाललाई छिटो समृद्ध र सुखी बनाउन जटील भूराजनीतिको वस्तुपरक व्यवस्थापन, लोकतन्त्रको सबलीकरण र सुशासन, चार आयामिक ( वृद्धि + वितरण + दिगोपन + खुशीपन ) समतामूलक समृद्धिको आवधिक कार्ययोजना निर्माण तथा कार्यान्वयन र नवप्रवोधन ( स्वतन्त्रता + समानता + समभाव + समृद्धि ) को विचार सहितको भिजिनरी नेतृत्व हुनुपर्नेमा जोड !

युवाहरूलाई नेपालको विशिष्ठ ऐतिहासिक पहिचानप्रति गर्व गर्दै र ‘एशियाली शताब्दी’ ले ल्याउने अपार सम्भावनाप्रति आश्वस्त बन्दै देश छोड्ने हैन देशमै बसेर देशलाई बदल्ने कार्यमा आआफ्नो क्षेत्रबाट क्रियाशील बन्न आग्रह !



प्रतिक्रिया दिनुहोस्

Screenshot