काठमाडौं, २५ चैत्र । वरिष्ठ चिकित्सक डा. विरेन्द्र प्रसाद यादव रामराजा प्रसाद सिंह विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको सदस्यमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही चैत्र २२ गते बसेको बैठकले डा. यादवलाई उक्त प्रतिष्ठानको सदस्य पदमा नियुक्त गरेको हो । प्रतिष्ठानको अध्यक्षमा सप्तरी निवासी प्रा.डा. पशुपति चौधरी नियुक्त भएका हुन् ।
डा. यादव भने सिराहाका हुन् । डा. यादवले नेपालका प्रतिष्ठित विभिन्न अस्पतालमा काम गरिसकेका छन् । उनले भक्तपुरस्थित् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, सुमेरु अस्पताल, नेपाल मेडिसिटी अस्पताल, बि एण्ड बी अस्पताललगायत विभिन्न अस्पतालमा प्रिन्सिपल कन्सल्ट्यान्टको रुपमा काम गरिसकेका छन् ।