Logo

रवि लामिछानेको विवादको विषयमा कांग्रेसले नयाँ रणनीति बनाउने



काठमाडौं, २६ चैत्र । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा संसद्मा नयाँ रणनीति बनाउने भएको छ । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको बैठक भोलि बस्दैछ । भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे कांग्रेसले आजै छलफल गरेको छ । कांग्रेसले भोलि विहानै बैठक डाकेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग कायमै रहेको बताए । चैत्र २१ गतेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भोलिको बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर नआए बैठक चल्न नदिने चेतावनी नै दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot