Logo

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार गएनन् देउवा, पठाए गगन र कृष्ण सिटौला



काठमाडौं, चैत २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लसँग छलफल गर्न कांग्रेस महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका थिए । तर, सभापति देउवाले भने पार्टीको संसदीय दलको बैठक चलिरहेको भन्दै महामन्त्री थापा र सिटौलालाई बालुवाटारतर्फ पठाएका छन् ।

अहिले विहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछानेले विधेयक पेश गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आजपनि संसद्मा जारी अवरोध कायमै राख्ने अडान लिएको छ । आजपनि कांग्रेसले विरोध यथावत नै राख्ने निर्णय गरेपछि सदनमा पेश गर्न लागिएको विधेयक र संसदीय छानबिन समितिको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले देउवालाई बालुवाटार बोलाएको स्रोतले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot