Logo

रविलाई लिएर बालुवाटार पुगे ओली-नेपाल, प्रचण्डसँग छलफल जारी



काठमाडौं,२७ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार चार दलका शीर्ष नेताबिच छलफल भएको छ ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच छलफल भएको हो ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर सदन अवरोध गर्दै आएको छ । आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाईएको छ । सो बैठक अघिनै संसदीय छानबिन समिति बनाउन कांग्रेसले माग गर्दै आएको छ ।

कांग्रेसले समिति गठन नगरे गृहमन्त्रीलाई संसदमा बोल्न नदिने चेतावनी दिएको छ । सहमतिका लागि सभामुख देवराज घिमिरेले सोमबार बोलाएको छलफलमा समेत नेताहरुले अडान नछोडेपछि संसदमा टकरावको अवस्था आउने देखिएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।



प्रतिक्रिया दिनुहोस्