Logo

नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल आज



काठमाडौं, वैशाख १९ । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपाल बीचको तेस्रो टी-२० खेल आज हुँदै छ । टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२: १५ बजेदेखि खेल शुरु हुने छ । दुबै टोली दोस्रो जितको खोजीमा हुने छन् ।

सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ए लाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो । यसरी समान १-१ अङ्क बटुलेका दुबै टोली बीच कूल ५ वटा खेल हुने छन् । विश्वकप टी-२० तयारीका लागि आयोजित यो प्रतियोगिता समाप्त भएसँगै नेपाल अभ्यासका लागि पुन: वेस्ट इन्डिज जाने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot