Logo

गृहमन्त्री लामिछानेको सहकारी ठगीविरुद्ध संसदीय समिति बनाउन प्रधानमन्त्री तयार हुनुभयो : रामहरि खतिवडा



काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल गृहमन्त्री रवि लामिछानेबारे कांग्रेसले माग गरेको संसदीय छानबिन समिति बनाउन तयार भएको खुलासा गरेका छन् ।

रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका नेता खतिवडाले प्रधानमन्त्री दाहाल गृहमन्त्री लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउन तयार भएको बताए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने कुनैपनि हालतमा समिति बनाउन नसकिने धारणा राखेको खतिवडाको भनाई छ । उनले भने,‘आजको छलफलमा प्रधानमन्त्रीज्यूले छानबिन समिति बनाउन लचकता देखाउनुभयो ।’

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगेको आरोप लागेको भन्दै संसदीय छानबिन समितिको माग राखेर आन्दोलन गरिरहेको छ। समिति नबाएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot