Logo

तान्जानियामा एक हप्तामा बाढीले १५ जनाको मृत्यु



डोडोमा (तान्जानिया), २७ चैत । तान्जानियाका विभिन्न भागमा पछिल्लो सात दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १२ बालबालिका सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तान्जानिया प्रहरी बलका प्रवक्ता डेभिड मिसिमेले प्रभावित क्षेत्रका अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई वर्षा र बाढीको जोखिमबाट जोगाउन आग्रह गर्दै वर्षाले विनाशकारी परिणामहरू निम्त्याउन सक्ने कुरामा सचेत गराएका छन् ।

उनले धार्मिक नेता, शिक्षक तथा सरोकार वाला व्यक्तिहरूलाई वर्षाको समयमा आकस्मिक बाढी प्रभावित क्षेत्रमा बालबालिकाहरूलाई खेल्नबाट जोगाउनसमेत आग्रह गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्