Logo

भुवन गुरागाईँलाई डिजिटल मिडिया प्रस्तोता अवार्ड



काठमाडौं, २८ चैत । सिटिजन एचडी अनलाइन टिभीमा कार्यरत भुवन गुरागाईँलाई राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८० अन्तर्गत ‘डिजिटल मिडिया प्रस्तोता अवार्ड’ प्रदान गरिएको छ । छापा माध्यममा समेत पत्रकारिता गरेका गुरागाईँ पछिल्लो समय डिजिटल मिडियामा सामाचार प्रस्तोताको रुपमा लोकप्रिय छन् । मिठो आवाज र शैलीका कारण उनको प्रस्तुतिलाई धेरैले मन पराएकोले उनलाई सम्मान गरिएको आयोजक संस्था न्युज एक्सप्रेस मिडिया प्रा.लि.का अध्यक्ष मिलनसिंह परियारले जानकारी दिए ।

उनलाई आयोजक संस्थाका अध्यक्ष परियारसहित प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना, सांसद डा.चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले अवार्ड प्रदान गरेका थिए । सो अवसरमा ९६ बर्षका जेष्ठ पत्रकार भैरव रिसाललाई लाईफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी, खबरहबका प्रधान सम्पादक अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, जनता जान्न चाहन्छ टिभी कार्यक्रमका प्रस्तोता ऋषि धमलालाई पोपुलर डिजिटल मिडिया प्रोग्राम अवार्ड, सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरुलाई जनआवाज डिजिटल मिडिया अवार्ड, नागरिक दैनिकमा आर्थिक व्युरो प्रमुख दिलीप पौडेललाई शसक्त पत्रकारिता अवार्ड, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई बरिष्ठ रंग पत्रकारिता अवार्ड, समय टिभीलाई डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड, चुरोकुरो अनलाइन टिभीका उमेश सुवेदीलाई डिजिटल मिडिया इथिकल अवार्ड, योहो टिभीका सन्तोष विके थापालाई डिजिटल मिडिया स्कृप्ट अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा डिजिटल मिडियामा राम्रा काम गर्ने कूल २५ सञ्चारकर्मी र केही समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot