Logo

सदनलाई सत्ताको दाउपेचको विषय नबनाउन कांग्रेसलाई सांसद सुवोध सापकोटाको आग्रह, रविको बचाउ (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसदमा एकले अर्कोलाई खुईल्याउने, दोषारोपण गर्ने र आरोप प्रत्यारोप गर्दा समाजलाई सही दिशामा लैजान नसकिने बताएका छन् । प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन् ।

उनले भने,‘एकले अर्कोलाई खुइल्याउने अभ्यासले समाजलाई भ्यान्टिलेट पनि गर्न सक्दैन्। प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलले उठाएको विषयमा जिम्मेवार ढंगले यो रोष्ट्रमबाट जवाफ दिनुभएको छ । प्रतिपक्षीले त्यो उत्तर चिक्त बुझेन भनेर भन्न पाउँछ । त्यसप्रति हाम्रो ठूलो गुनासो छैन् । प्रधानमन्त्रीज्यूले त राज्यका संयन्त्रहरुले दिएको तथ्य र प्रमाण यो सम्मानित सदनमा राख्नुभएको छ । उहाँसँग जवाफ माग्दा हरायो भन्ने अनि जवाफ दिँदा प्रधानमन्त्रीले फैसला गर्यो भन्नुभयो, उहाँले फैसला गरेको होईन । राज्य सयंन्त्रले दिएको तथ्य र प्रमाण यहाँ पेश गर्नुभएको छ ।’

सापकोटाले कांग्रेसलाई संसद्को गत्यावरोध खुलाउन पटक पटक आग्रह गरे । उनले सहकारीका पीडितहरुले न्याय पाउनुपर्नेमा जोड दिए । उनले सत्ताको दाउपेचको विषय संसदलाई नबाउन कांग्रेससमक्ष आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot