Logo

पाँचौं राष्ट्रिय योग खेलकुद प्रतियोगितामा महिलातर्फको स्वर्णपदक जानुका भट्टराई ढुङ्गानाले जितिन्



काठमाडौं, २८ चैत्र । पाँचौं राष्ट्रिय योग खेलकुद प्रतियोगितामा महिलातर्फ (३६ देखि ४९) वर्ष समूहमा जानुका भट्टराई ढुङ्गानाले स्वर्णपदक जितेकी छिन् । नेपाल योग खेलकुद संघले आयोजना गरेको उक्त प्रतियोगितामा ढुंगानाले महिलातर्फ उक्त स्वर्णपदक जितेकी हुन् । गोल्ड मेडल प्राप्त गरेकी ढुंगानाले खुशी व्यक्त गरेकी छिन् ।

पुरुषतर्फ कमलबहादुर राजलवटले गोल्ड मेडल जितेका छन् । नेपाल योग खेलकुद संघले आयोजना गरेको उक्त प्रतियोगितामा ५० बर्ष भन्दा माथि सिनियर समुहतर्फ राजलवट प्रथम भएका हुन् । बाग्मती प्रदेश प्रमुखको कार्यालयका प्रदेश सचिवमा कार्यरत राजलवट महागुणकारी गुर्जोको निःशुल्क अभियन्ता हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot