Logo

राष्ट्रिय सभाको उपाध्यक्षमा जसपाले विमला घिमिरेलाई मत दिने



काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनकी साझा उम्मेदवार विमला घिमिरेलाई जनता समाजवादी पार्टी नेपालले पनि मत दिने भएको छ ।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि डाकिएको बैठकमा बोल्दै जसपाका राष्ट्रिय सभाका संसदीय दलका नेता महोमद खालिदले साझा उम्मेदवार घिमिरेलाई मत दिने जानकारी गराउँदै उनलाई समर्थन गरेका हुन् । राष्ट्रिय सभामा जसपाका ४ सांसद छन्

राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट एमालेकी विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार रहेका छन् । घिमिरेलाई सत्ता गठबन्धनको समर्थन रहेको हुँदा उनी निर्वाचित हुने निश्चित रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot