Logo

रवि लामिछाने प्रचण्डको कान्छो छोरो हो : रविन्द्र मिश्र (भिडिओसहित)



काठमाडौं, २८ चैत्र । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुशासनको चर्को भाषण गरेपनि स्वार्थको बझान नबुझेको टिप्पणी गरेका छन् । उनले भने,”सुशासनको चर्को चर्को भाषणा गर्ने गृहमन्त्रीले स्वार्थको बझान के हो भनेर बुझ्नुपर्दथ्यो । जलविद्युत आयोजना चलाउनेलाई उर्जा समितिको सदस्य बनाउन मिल्दैन् । प्राइभेट स्कुल चलाउनेलाई शिक्षा समितिको सदस्य बनाउन मिल्दैन् । सहकारी ठगेको आरोप लागेको र दोहोरो पासपोर्टको आरोप लागेकालाई गृहमन्त्री बनाउन मिल्दैन् ।”

मिश्रले अग्रगमनको नारा र फुर्ति लगाउनेहरु प्रचण्डको पुच्छर भएको आरोप लगाए । उनले गणतन्त्रवादीहरु सबै दलका नेताहरु प्रचण्डले देखाएको बाटोमा हिँडिरहेको टिप्पणी गरे । उनले शेरबहादुर देउवालाई प्रचण्डको जेठो छोरा, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साईंलो छोराको संज्ञा दिए । रवि लामिछाने चाहीँ प्रचण्डको कान्छो छोरा बनेको उनको टिप्पणी छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेलमा कोचेर देखाउन गणतन्त्रवादीहरुलाई चूनौति दिएका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मिश्रले यस्तो चूनौति दिएका हुन् ।

उनले भने,”यिनीहरुले राजाको सम्पत्ति बेच्यो भने सबै जनतालाई चार चार कठ्ठा जग्गा बाँड्न पुग्छ भनेको होईन ? राजाको सम्पत्ति यिनीहरुले शिला खोजेजसरी खोज्दा के पाए ? केही पाए ? सकेको भए अहिलेसम्म जेलमा कोच्दैन थिए ? ले कोचेर देखाउनु त के हुन्छ ? दोस्रो कुरा प्रचण्डले राजालाई धेरै चुरीफुरी नगर्नु भनेको कुरा यहाँले भन्नुभयो, प्रचण्डले शेरबहादुर देउवा र केपी ओलीलाई के के मात्रै भनेनन् ? उनीहरुसँग त अंगालो हाल्न गए भने नरम नरम भाषामा आलोचना गरेको राजासँग देशको लागि सम्वाद गर्न नहुने कारण के छ ?”

पत्रकार धमलाले प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच सहकार्य हुने सम्भावना छ त भनेर राखेको जिज्ञासमा नेता मिश्रले देशमा नवीन समझदारीको आवश्यकत्ता रहेको सुनाए । उनले भने-“सहकार्य र सहयात्राको सम्भावना म भन्दिनँ । तर, नविन समझदारीको अवधारणा नै के हो भने यो देशमा राजा, राजनीतिक दल र जनता सबैले आ आफ्ना किसिमका गल्ती गरेका छन् । सबले सबैलाई क्षमा गरिदिउँ । किनभने त्यो अहम लिएर बसेर यो देश सुरक्षित रुपमा हामी भावी पुस्तालाई हस्तान्तरण गर्न सक्दैनौं ।”



प्रतिक्रिया दिनुहोस्