काठमाडौं, चैत २९ । भोजपुरको आमचौक गाउँपालिका–१० स्थित दूधकोशी नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बुधवार दिउँसो करिब १ बजेतिर दूधकोशी नदीमा पौडी खेल्ने क्रममा आमचोक–६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको डुबेर मृत्यु भएको हो।
दर्जी ट्याक्सी चालक तथा राई सहचालक रहेको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।