Logo

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस ब्याक हुँदैन् : प्रकाशमान सिंह



काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा सांसद प्रकाशमान सिंहले सरकारले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाएर संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप लगाएका छन् ।

सरकार र सरकारमा रहेका मन्त्रीहरुको बारेमा प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउने प्रचलन रहेको स्मरण गराउँदै अहिले गृहमन्त्री रवि लामिछानेमािथ प्रश्न उठेपछि कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको उनको भनाई छ । तर, सरकारले उक्त प्रकरणमा संसदीय छानबिन समिति बनाउन नचाहनुले संसद्को क्षेत्राधिकारभित्र नै प्रहार भएको सिंहको भनाई छ ।

उनले सरकारको कारण लगानी सम्मेलनपनि प्रभावित हुने टिप्पणी गरे । उनले सरकारलाई पहिले देशभित्रको राजनीतिक स्थायित्वको लागि पहल लिन सुझावपनि दिए। नयाँ वर्ष २०८१ को अवसरमा काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले सरकारको आलोचना गरेका हुन् ।

उनले भने,‘जबसम्म सरकारले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउदैन, तबसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक हुँदैन् । उनले कांग्रेसको कारण नभई सरकारकै रवैयाको कारण सदन अवरुद्ध भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot