Logo

रञ्जिताले सुदूरपश्चिमका सांसद घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरिन्



काठमाडौं, ३० चैत्र । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्री घनश्याम चौधरीलाई तीन महिनासम्म निलम्बन गरेकी छिन्।

नाउपाको यही चैत्र १४, १५ र २५ गतेको बैठकमा अनुपस्थित् भएको भन्दै अध्यक्ष श्रेष्ठले घनश्याम चौधरीलाई आज निलम्बन गरेकी हुन् । घनश्याम संस्थापक रेशम चौधरीको पक्षमा खुलेका थिए । रेशमकै निर्देशनमा उनी सुदूरप्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकारमा गएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot