Logo

निर्माण व्यवसायी सिद्धार्थ गुरुङविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता



काठमाडौं, ३० चैत । निर्माण व्यवसायी सिद्धार्थ गुरुङविरुद्ध जबरजस्ती करणी अभियोगमा जाहेरी दर्ता भएको छ । बुटवल उपमहानगरपालिका–११ स्थायी ठेगाना भएका गुरुङविरुद्ध गत चैत २७ गते पीडितले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दिएकी थिईन् । उक्त जाहेरी चैत २८ गते दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

अन्दाजी ३५/३६ वर्षका गुरुङले गत माघ १७ गते आफूमाथि जबरजस्ती करणी गरेको पीडित महिलाले बताईन् । पीडित महिलाको उमेर ५० वर्षभन्दा माथि रहेको छ । आफूसँग रहेको सम्पत्ति हत्याउने मनसायले गुरुङले उक्त घटना घटाएको हुनसक्ने पीडित महिलाले बताईन् ।

पीडित महिलाका अनुसार अभियुक्त गुरुङ र उनको चिनजान धेरै पहिला देखिकै हो । गुङले ती महिलालाई पहिलादेखि नै दिदीको नाता लगाएर बोलाउँथे । केही समय पहिला आफूलाई गुरुङले सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ गरेको समेत पीडितको भनाइ छ ।

घरमा कोही नभएको मौका पारी आएका गुरुङले आफूलाई जबरजस्ती करणी गरेको उनले बताईन् । पीडित महिलाका अनुसार गुरुङले उक्त घट्नाको फोटो र भिडियोसमेत बनाएका छन् । उनले सो फोटो र भिडियो सामाजिक सञ्जालमा राखिदिन्छु भनेर केही समय पहिलासम्म ब्ल्यकमेलिङ गरेको पीडित महिलाको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्