Logo

मध्यान्तर डटकमका सम्पादक खड्का सम्मानित



काठमाडौं, ३० चैत्र । मध्यान्तर डटकमका सम्पादक गणेश खड्का सम्मानित भएका छन । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको शुक्रबार १२औं अधिवेशनका अवसरमा सम्पादक खड्कालाई सम्मान प्रदान गरिएको हो । सम्पादक खड्कालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मान गरेकी हुन् ।

‘नेपाली पत्रकारिता क्षेत्रमार्फत आमजनतालाई सुसूचित गर्दै अनवरत रूपमा योगदान गर्दै आएको’ भन्दै महासंघ काठमाडौं शाखाले खड्कालाई उक्त सम्मान गरेको हो । विगत लामो समयदेखि खड्का पत्रकारितामा सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्