Logo

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस



काठमाडौं, ३० चैत । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन आगामी वैशाख २ गतेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

‘संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्नका निम्ति राष्ट्रपतिज्यूलाई सिफारिस गर्ने भन्ने निर्णय भएको छ,’– मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

संवैधानिक र कानुनी व्यवस्था अनुसार बजेट अधिवेशनमा जानुपर्ने भएकाले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको मन्त्री शर्माले बताईन् ।

साथै, संसद्मा नेपाली कांग्रेसले उठाएको सहकारी प्रकरणमा व्यक्ति विशेषमा केन्द्रीत हुनु गलत रहेको उनले बताईन् । समग्र सहकारीमा रहेका समस्या समाधानको विषय उठाउनु उपयुक्त रहेपनि व्यक्तिको विरुद्धमा केन्द्रीत हुनलाई यथेष्ट प्रमाण चाहिने उनले बताईन् ।



प्रतिक्रिया दिनुहोस्