Logo

महासेठ र निधिको जनकपुर विमानस्थलमा जम्काभेट



काठमाडौं, ३० चैत्र । धनुषाको राजनीतिमा दशकौंदेखि आमनेसामने हुने राजनीतिज्ञहरुको नाम हो–रघुवीर महासेठ र विमलेन्द्र निधि । यी दुई नेता फरक–फरक पार्टीमा छन् । निधि कांग्रेसको उपसभापतिसमेत भैसकेका छन् । महासेठ भने अहिले एमालेको सचिवको जिम्मेवारीमा छन् ।

दुई नेताबीच स्वस्थ राजनीतिक प्रतिष्पर्धा रहँदै आएको छ । निधि र महासेठको निर्वाचन क्षेत्र भने फरक फरक हो । यसपटक निधिले निर्वाचन लडेनन् । उनी लड्दै आएको धनुषा क्षेत्र नम्बर ३ मा रघुवीरकी पत्नी जुली महतोले भारी मतले चुनाव जितेकी छिन् । महासेठले भने धनुषा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका छन् ।

दुवै नेता उपप्रधानमन्त्री समेत भैसकेका छन् । निधि पटक पटक मन्त्री भैसकेका नेता हुन् । महासेठ अहिलेको सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीमा छन् । आज चैत्र ३० गते दुई नेताबीच जनकपुर विमानस्थलमा जम्काभेट भएको छ । सो भेटमा उनीहरुबीच हार्दिकतापूर्वक कुराकानी भएको जनाईएको छ । तस्विर : दिपन ठाकुर/फेशबुक



प्रतिक्रिया दिनुहोस्