Logo

आफैंले संसद्मा बोलेको ध्यानपूर्वक सुन्न गृहमन्त्रीलाई विश्वप्रकाशको सुझाव



काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा आफूहरुले माग गरेको संसदीय छानविन समितिको एजेण्डा सही रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले केही समयअघि संसद्मा सम्बोधन गरेको एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै उनले उक्त भिडियो ध्यानपूर्वक सुन्न सुझाएका छन् ।

‘संसदीय छानबिन समितिको हाम्रो माग गलत रहेछ । आदरणीय मित्र रविजिका शब्दहरू ध्यानपुर्वक सुनौं ।उहाँले प्रष्टसँग जे बोल्नुभएको छ, त्यही पालना सबैले समझदारीसाथ गरौं । लफडा खतम्, अनावश्यक विवाद अब नगरौं,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्