Logo

गृहमन्त्री लामिछानेले सार्वजनिक गरे नयाँ वर्षमा सुरु गरेका तीन महत्वपूर्ण काम



काठमाडौं, ३० चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ को अघिल्लो दिन नयाँ वर्षको अवसरमा महत्वपूर्ण तीन कार्यको सुरुवात गरेको जानकारी गराएका छन् । उनले नयाँ वर्ष २०८१ को शुभकामना दिँदै तीन वटा नयाँ कामको सुरुवात भएकोबारे जानकारी गराएका हुन् । जसअनुसार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाईएको र ठमेल र दरबारमार्ग अब २४सै घण्टा खुला रहनेछन् ।

उनले लेखेका छन्-

-काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ।
-ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दै छ।

– शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ। नयाँ वर्ष २०८१ को शुभकामना।



प्रतिक्रिया दिनुहोस्

Screenshot