Logo

नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुनेछ : अध्यक्ष दाहाल



काठमाडौं, वैशाख १ । सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ वर्षले राष्ट्र प्रेमको भावना विकास हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८१ सालको शुभकामना दिदै उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् दीर्घायुको कामना गरेका छन् ।

नयाँ वर्षसँगै देशमा शान्ति, सुशासन र सुव्यवस्था सुदृढ हुने साथै समृद्धि र विकासका सम्भावना खुल्दै जाने अपेक्षा लिएको जनाउँदै उनले सबै नेपालीमा सकारात्मक सोच, आपसी भाइचारा र राष्ट्र प्रेमको भावना विकास हुनेछ भन्ने आफूले विश्वास लिएको जारी शुभकामना संदेशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्