Logo

राजनीतिक नेतृत्वले जनतालाई केन्द्र बनाएर नीति र योजना बनाउन जरुरी छ : सभामुख घिमिरे



काठमाडौं, १ बैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ वर्षमा नयाँ जोश, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न अपिल गरेका छन् । उनले संविधान जारी भएपछि दुई पटक तीनै तहका निर्वाचन सम्पन्न भएपनि विकास, स्थायित्व र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनालाई मूर्तरुप दिन अझै उच्चस्तरको प्रयास गर्नुपर्ने देखिएको आवश्यकत्ता औंल्याएका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरले भनेका छन्–‘नयाँ वर्ष २०८१ प्रारम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षमा नयाँ जोश, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न हार्दिक अपिल गर्दछु ।’

सभामुख घिमिरेले राजनीतिक नेतृत्वले अब जनतालाई केन्द्र बनाएर नीति तथा योजना बनाउन जरुरी रहेको पनि औंल्याएका छन् । यस्तो छ सभामुखले जारी गरेको शुभकामना:-



प्रतिक्रिया दिनुहोस्