Logo

संसद अधिवेशन अन्त्य भएपछि देउवाले बोलाए संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान भएको छ ।

आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना मार्फत जानकारी दिएको छ । कांग्रेसको संसदीय दलमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् ।

सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछिको अवस्थाबारे छलफल गर्न देउवाले संसदीय दलको बैठक बोलाएका हुन् । कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने माग राखी संसद अवरोध गरिरहेका बेला सरकारले अधिवेशन नै अन्त्य गरिदिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot