Logo

एसीसी प्रिमियर कप: कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आमानमा जारी खेलमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

ओमानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरिसकेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा जितका लागि १४४ रनको लक्ष्य पाएको नेपालले १९।२ ओभरमा पूरा गरेको थियो ।

प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो ।

समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot