Logo

एमाले अध्यक्ष ओलीलाई राप्रपा प्रवक्ता श्रेष्ठको चूनौति



काठमाडौं, १ बैशाख । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चूनौति दिएका छन् । ओलीले आजमात्रै राप्रपाको हालैको आन्दोलनका विषयमा कडा टिप्पणी गरेका थिए । त्यसको जवाफ फर्काउँदै श्रेष्ठले राप्रपाले जति प्रदर्शन गरेर देखाउन ओलीलाई चूनौति दिएका हुन् । उनले राप्रपाले पचासौं हजार नागरिकलाई सडकमा उतारेको भन्दै आफूहरुको शक्तिलाई नजरअन्दाज नगर्न चूनौति दिएका हुन् ।

उनले फेशबुकमा लेखेका छन्-

पचासौं हजार नागरिकलाई सडकमा उतार्ने तागत राख्ने शक्तिलाई शक्ति नमान्नेहरुलाई चुनौति छ– “आजको दिनमा राप्रपाले जति प्रदर्शन गरेर देखाउनुस् ।“ आफ्नो गल्ती, अकर्मण्यता र असफलता ढाकछोप गर्न राजा, राजसंस्था वा विगतको व्यवस्थालाई गाली गर्नेहरुले बुझुन्– “राप्रपाले नयाँ अवस्था र नयाँ व्यवस्था चाहेको हो जसमा राजा पनि अटाउँछन्, सबै अटाउँछन््, ढिला नगरी नवीन समझदारी गरौं, यो नै देशको दीर्घकालीन हितमा हुनेछ।”

हामी तिनलाई बुझाउन खोजिरहेका छौं, जसको ट्रेलर चैत २७ गते काठमाण्डौंमा देखाइसकेका छौं। जनताको नाममा राजनीति गर्दै आएकाहरुले बुझेकै होलान्– जनताको तागत अथाह हुन्छ ! फरक मत राख्नेहरुलाई पनि नयाँ वर्ष–२०८१ को शुभकामना ।



प्रतिक्रिया दिनुहोस्