Logo

फटाहा कुरा बोल्ने प्रतियोगिता हुन्थ्यो भने रवि लामिछाने प्रथम हुनुहुन्थ्योः मीन विश्वकर्मा



काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफूहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभपतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको कुरामा कुनै सत्यता नरहेको बताएका छन् । हिजाृे (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ८८ सिट भएको कांग्रेसले रास्वपाजस्तो पार्टीलाई प्रधानमन्त्री बनाउने कुराको कल्पना पनि गर्न नसक्ने दाबी गरेका हुन् । उनले रवि लामिछाने र रास्वपाको नेताहरु झुट बोल्न र तथ्यहीन कुरा गर्न माहिर रहेको बताए । साथै, झुट बोल्ने प्रतियोगिता भएको खण्डमा रास्वपा र तिनका नेताहरु प्रथम हुने टिप्पणी गरे ।

‘यो देशमा फटाहा कुरा बोल्ने र तथ्यहीन कुरा बोल्ने प्रतियोगिता भयो भने अहिलेका गृहमन्त्री र उहाँका पार्टीका साथीहरु प्रथम हुनुहुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता भयो भने पनि यस्तो खाल्को झुठ कुरामा उहाँ नै हो । कांग्रेसले, ८८ सिट भएको पार्टीले प्रधानमन्त्री दिँदैगर्दा खाइँन भन्ने, ३२ सिटेको गृहमन्त्री रोइकराई गरेर खाने भनेपछि कुरा बुझिन्न ? कांग्रेसले भनेकै होईन । यो गृहमन्त्री पनि चिप्लिने भयो भनेर दौडेर गएर गृहमन्त्री खाएको हो,’Þ– उनले भने ।

साथै, रास्वपाका अलिकति बुद्धिजीवी भनिएकाहरु पनि लामिछानेको गल्ती ढाकछोपा लागिरहेका उनको आरोप छ । साथै, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई कांग्रेसका केही पनि कुराको ज्ञान नरहेको उनले दाबी गरे । ‘स्वर्णिमजीलाई कांग्रेसका सबै कुरा थाहा भएको भए यस्तो एकराते पार्टीमा जाँदै जानुहुन्थेन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्