Logo

तोलामा २२ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?



वैशाख २ । आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ५० रुपैयाँले घटेप्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot