Logo

संसद्को चालु अधिवेशन अन्त्य गरेपछि सरकारविरुद्ध अझै आक्रामक बन्यो कांग्रेस (भिडिओसहित)



काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसले सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश गरेकोमा आपत्ति जनाएको छ । कांग्रेसको आज (आइतबार) विहान संसद् भवनस्थित् ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सरकारले न्यूनतम संसदीय मूल्य र मान्यतालाई कुल्चिएको र अलोकतान्त्रिक बाटोमा हिँडेको निश्कर्ष निकालेको हो ।

बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचेतक रमेश लेखकले भने बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अप्रत्याशितरूपमा चालू अधिवेशन अन्त्य गरेकोमा बैठकले गम्भीर आपत्ति जनाएको सुनाए । उनले भने,‘आजको बैठकबाट हामीले चार वटा निर्णय गरेका छौं । यो सरकार आफ्नो दायित्वबाट भाग्ने काम गरेको छ । सरकार संसद्प्रति उत्तरदायी देखिएन । सरकारको पक्षबाट प्रतिपक्षीको कारण संसद अवरुद्ध भएको भनेर आउने तर्क हाँस्यास्पदमात्र नभई लज्जास्पद पनि छ ।’

आफ्नो दलले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको विषय विगत एक महिनादेखि तथ्य र प्रमाणसहित उठाउँदै आएको पनि लेखकले स्मरण गराए । तर, आफ्नो दलले संसद्का कुनैपनि कामकारबाही अवरोध नगरेको उनको जिकिर छ ।

लेखकले अहिलेको सरकार अत्यन्तै ज्यादा गैरजिम्मेवार बनेको र देशलाई तानाशाहतर्फ लैजान खोजेको आरोप लगाए । उनले भने,‘यो सरकारले मुलुकलाई तानाशाहीतर्फ लिएर जान खोज्दैछ । आजको हाम्रो निश्कर्ष पनि त्यही हो । समय हुँदाहुँदै संसद्को चालु अधिवेशन अन्त्य गरिदिने, अनि सदनमा बहुसंख्यक सांसदहरुले उठाएको विषयमा सरकार गम्भीर नहुने । यी विषयले नै सरकार कति गैरजिम्मेवार छ भन्ने देखिन्छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot