Logo

सूर्य बहादुर थापाको नवौं स्मृति दिवसमा राप्रपा र जसपाका नेतालाई निम्तो, देउवा प्रमुख अतिथि



काठमाडौं, २ बैशाख । सूर्य बहादुर थापा प्रतिष्ठानले आज काठमाडौंमा सूर्यबहादुर थापाको नवौं स्मृति दिवस मनाएको छ । पूर्व प्रधानमन्त्री तथा संविधानसभा सदस्यसमेत रहेका थापाको आज नवौं स्मृति दिवसमा प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनी र जसपाका प्रमुख सचेतक प्रदीप यादव पनि वक्ताको रुपमा निम्त्याईएको छ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा संसद्मा प्रतिनिधित्व गर्ने दलहरुबाट राप्रपा र जसपाका नेताहरुमात्र निम्त्याईनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

जसपा त अहिले सरकारमा सहभागी छ । कांग्रेस नेता सुनिलबहादुर थापाले सभापतित्व गरेको कार्यक्रममा राजनीतिक विश्लेषक तथा कुटनीतिज्ञ प्रा.डा. लोकराज बराल, पूर्व सचिव सूर्यप्रसाद श्रेष्ठ, अर्थशास्त्री डा. अच्युत वाग्ले र कांग्रेस नेता तथा सांसद अर्जुननरसिंह केसीले वक्ताको रुपमा मञ्च सेयर गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot