Logo

संसद्को चालु अधिवेशन अन्त्य गरेपछि कांग्रेस नेता महरले भने–लोकतान्त्रिक पद्धतीको उपहास हो



काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता नैनसिंह महरले संसद्को चालु अधिवेशन अन्त्य गरेर सरकार भागेको आरोप लगाएका छन् । उनले सहकारी ठगहरुमाथि छानबिन गर्न संसदीय समिति बनाउने कुराबाट भाग्नको लागि सरकारले सदनको चालु अधिवेशन अन्त्य गरेको दाबी गरेका छन् । सरकारको यो कदमले तत्कालिन केपी शर्मा ओली नेतृत्वको नेकपाकालिन सरकारको काण्डैकाण्ड र महाकाण्डको स्मरण गराएको पनि उल्लेख गरेका छन् ।

ओलीले संसद् विघटन गरेको बेलामा त्यसको विरोधमा तत्कालिन नेकपाका अध्यक्ष प्रचण्ड र नेता माधव नेपालहरु सडकमा बसेको तस्विर सार्वजनिक गर्दै नेता महरले आज प्रचण्ड र माधव नेपालको त्यो तस्विर पनि द्धैद्धचरित्रको थियो भन्ने प्रष्ट भएको उल्लेख गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–

अलोकतान्त्रिक तरिकाले संसदको चालु अधिवेशन अन्त्य गर्दै सहकारीठगहरु माथि छानबीन गर्न संसदीय समिति बनाउने कुराबाट सरकार भागेको घटनाले आज फेरी ओली नेतृत्वको नेकपा सरकारको समयका “काण्डै– काण्ड“ र “ महाकाण्ड“ को स्मरण गराएको छ।कांग्रेस सहितका विपक्षीदलहरुले उठाउदै आएको लाखौं जनताले सहकारीमा जम्मागरेको अर्बौं रकम हिनामिना ,ठगी भएको र उक्त जनबिरोधी अपराधजन्य कार्यमा सरकारका केही मन्त्रीहरु तथा सरकारमा संलग्न दलहरुका केही प्रभावशाली नेताहरु संलग्न रहेको छर्लङ्ग छ ।कुनै बिशेष जनसरोकारका घटना उपर संसदीय समिति बनाउन पाउने संसदको बिशेषाधिकारलाई बन्धक बनाएर ,पुन देशलाई असंवैधानिक तवरले अध्यादेश मार्फत चलाउन खोज्नु लोकतान्त्रिक पद्दतिको उपहास हो ।हिजो केपी ओली नेतृत्वमा नेकपा सरकार हुदा अध्यादेशको खिलापमा ,सार्वभौम संसदको अधिकारका लागि सडक धर्ना दिने नेतृत्व पुष्पकमल दहाल र माधव नेपाल लगायतका नेताहरुको यो तस्वीरले द्वैध चरित्र देखाउदैन र ?

File Photo



प्रतिक्रिया दिनुहोस्