Logo

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीले पनि गरे दाबी पेश



काठमाडौं, २ वैशाख । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । चौधरीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नाउपाकै लक्ष्मणकिशोर चौधरीले कांग्रेसको समर्थनमा दाबी पेश गरिसकेका छन् । प्रदेश प्रमुख नजीर मियाले दुवै पक्षको दाबी परेकाले आवश्यक कानुनी परामर्शपछि निर्णय लिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्