Logo

विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न, प्रतिष्ठित युवाहरू सम्मानित



बैंकक, २ वैशाख । विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न भएको छ ।  ग्लोबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुई दिने द योङ्ग एचिभर्स समिट एण्ड अवार्ड २०२४ आइतबार सम्पन्न भएको हो ।

बैंककस्थित सुकुम्बितमा आयोजित समारोहमा थाइल्यान्डको प्रतिनिधिसभा सांसद सुपाकोन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीरोज लाखनाडिसोरान, योंग जेनेरेसन नेटवर्क (वाइजिएन) को संयोजक नाथाकृत छाइछनाकुल, विभिन्न देशका युवा प्रतिनिधि सहभागी थिए ।

ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालकाअनुसार सम्मेलनमा विभिन्न देशमा प्रतिष्ठित २० जना बढी युवाहरूलाई योङ्ग एचिभर्स अवार्ड प्रदान गरिएको छ । थाइल्यान्ड निवासी लोकेन्द्र ओली, अमेरिका निवासी अशोक नेगीलगायत नेपाली युवा पनि अवार्डबाट सम्मानित भए ।

ग्लोबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भएको हो । यो हरेक वर्ष हुँदै आएको छ । युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाले सहभागिता जनाइसकेका छन् ।

युथ पार्लियामेन्ट युवाहरूले आफ्नो आवाज बुलन्द गर्ने प्लेटफर्म हो । नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेको असरलगायत वैश्विक समस्याबारे छलफल हुने गर्छ ।

यसपटक एआई प्लेटमफर्म र डिप्लोमेसी तथा जलवायु परिवर्तनले युवाहरूमा पारेको प्रभावबारे छलफल भएको अध्यक्ष उपाध्यक्ष कैलाश श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot