Logo

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु



काठमाडौं, वैशाख ३। अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको हो । बाढीमा परेर २७ जना घाइते भएका छन् ।

त्यहाँ अधिकांश मृत्यु घरको छत खसेर भएको र करिब छ सय घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने करिब छ सय किलोमटर सडक भत्किएको छ । मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा पछि करिब दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot