Logo

राप्रपाको प्रदर्शनका क्रममा घाइते भएका नेता ठाकुर डाँगीको उपचारका क्रममा निधन



काठमाडौं, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गत चैत २७ गते गरेको जनप्रदर्शनका क्रममा घाइते भएका नेता ठाकुर प्रसाद डाँगीको निधन भएको छ । उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आज विहान करिब ४ बजेतिर निधन भएको हो ।

प्रदर्शनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यासको कारण गम्भीर घाइते भएका नेता डाँगीको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार डाँगी बर्दियाको मधुवनी राप्रपाको नगर अध्यक्ष थिए । स्वर्गीय डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि आज मध्यान्ह १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot