Logo

अछाममा आगलागीमा परि दुई जना नाबालकको मृत्यु



अछाम, वैशाख ३ । अछाममा आगलागीमा परि आज बिहान दुईजना नाबालकको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ बस्ने खम्म बोहोराकोे खरले छाएको घरमा एक्कासी आगलागी हुँदा रमेश बोहराका ६ वर्षीय छोरा छोरा गोपाल बोहरा र दिपक बोहराकी ८ वर्षीय छोरी भावना बोहराको जलेर मृत्यु भएको हो ।

वडा नं ६ का वडा अध्यक्ष तिलक कडायतका अनुसार खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोमा परि ती नाबालकको मृत्यु भएको हो ।

आगलागी भएको जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी चौकी मेल्लेखबाट प्रहरी सहायक निरीक्षक नरेन्द्र कुमार खडकाको कमाण्डमा–२ जनाको टोली गएको अछाम प्रहरीले जनाएको छ । उक्त स्थान प्रहरी चौकी मेल्लेखबाट करिब १० कि।मि।दुरीमा रहेका छ ।



प्रतिक्रिया दिनुहोस्