Logo

राष्ट्रपति पौडेल गृह जिल्लामा



काठमाडौं वैशाख ३। राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ पुगेका छन् । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उनी गृह जिल्ला पुगेका हुन् ।

राष्ट्रपतिले अहिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिले उद्घाटन गर्न लागेको खड्गकालिका मन्दिर सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको थियो । पुरातत्व विभागको रु ५० लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको हो । एक रोपनी एक आना तीन पैसा तीन दाम निःशुल्क प्राप्त भएको र ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजानिक रहेको गाउँपालिकाले जनाएको छ । भाडाको घरमा बस्नु पर्दा साँघुरो र अप्ठ्यारो भएकोले नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो ।

राष्ट्रपति बनेपछि पौडेलको यो पाँचौ पटकको गृह जिल्ला भ्रमण हो । यसअघि चैत्र २३ भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्ताकालय भवनको उद्घाटनका लागि पौडेल तनहुँ पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot