Logo

आजपा अध्यक्ष साहद्वारा मौलापुरमा निर्मित व्यायामशाला तथा योग केन्द्रको उद्घाटन



काठमाडौं, ३ बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिकाले निर्माण गरेको व्यायामशाला तथा योग केन्द्रको उद्घाटन गरेका छन् । मौलापुर नगरपालिकाले आफ्नो नगरलाई निरोगी बनाउने अभियानअन्तर्गत उक्त व्यायामशाला तथा योग केन्द्रको निर्माण गरेको हो ।

आज (सोमबार) एक कार्यक्रमकाबीच पूर्वमन्त्री तथा सांसद साहले उक्त केन्द्रको उद्घाटन गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्–‘मौलापुरलाई निरोगी बनाउने अभियानअन्तर्गत नगरपालिकाद्वारा निर्मित व्यायामशाला तथा योग केन्द्रको आज समुद्धघाटन गर्ने अवसर प्राप्त भयो । नगरप्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरु, योग विज्ञान केन्द्र प्रशिक्षकहरु तथा विभिन्न पार्टीका नेताहरुको सहभागितामा सम्पन्न उक्त समारोहले मौलापुरलाई निरोग बनाऊने प्रतिबद्धता व्यक्त गरेकाछन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot