Logo

एमाले-माओवादीसहितको गठबन्धन भत्काउनै पर्ने थियो, सुदूरपश्चिमबाट अघि बढ्यौंः मेटमणि चौधरी



काठमाडौं, ३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले एमाले–माओवादीसहितको वर्तमान सत्ता गठबन्धन भत्काउनै पर्ने भएकाले आफूहरु सदूरपश्चिमबाट अगाडि बढेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले–माओवादीले आफूहरुलाई उपयोगमात्रै गरेको आरोप लगाए । उनले आफूहरु ओली–प्रचण्डका लागि भर्याङ बनेर बस्न नसक्नेसमेत बताए ।

उनले एमाले–माओवादीभन्दा अलिबढी लोकतान्त्रिक र सिरियस पार्टीहरुसँगको गठबन्धन बन्ने दाबीसमेत गरे । प्रचण्ड–ओलीले एकीकृत समाजवादीलाई बागमती वा सुदूरपश्चिममध्ये एउटा प्रदेशमा मुख्यमन्त्री दिने सहमति गरेपनि त्यो सहमति पालना नगरेको उनको भनाइ छ । उनले यस विषयमा प्रचण्ड–ओली दुवै नेताहरु सिरियस नभएको बताए ।

‘सुदूरपश्चिम वा बागमती प्रदेशमध्ये एउटामा मुख्यमन्त्री हुने लगायतको थुप्रै खालका सम्झौता र सहमति थियो । त्यो विषयमा न केपी ओली सिरियस भए, न प्रचण्ड । त्यो कारणले हामी उपयोगमात्रै किन भइराख्ने ? यो समीकरण भत्काउनै पर्ने थियो । अब अगाडि बढेको छ । सुरुदेखि बेठीक सोचले बनेको गठबन्धन थियो । केपी ओलीले पनि भत्काउन खोजेका थिए । हामीलाई पनि मन परेको थिएन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot