
काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा जारी बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
उनले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्ने क्रममा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पछिल्लो भूमिकाको आलोचना गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा एकीकृत समाजवादीले नाँगो दक्षिणपन्थी चरित्र र व्यवहार देखाएको ओलीको टिप्पणी छ । उनले भने,‘विपक्षीहरुको आशा पलाउनेगरि र जनतामा केही मात्रामा भएपनि निराशा पलाउनेगरि त्यस पार्टीले कदम चाल्यो । तर, यसले खासै फरक पार्दैन् ।’
उनले सांसदहरुलाई विदेश भ्रमणमा जाने मोह त्याग्न पनि सुझाव दिए । उनले विदेश भनेको नेपालजस्तै भएको र सेल्फी रोडजस्तै भएको सुनाए । उनले सांसदहरु ठगिनु नहुने धारणा राखे ।
अब सांसदहरु जिल्ला फर्किँदा त्यहीअनुसारको भूमिका खेल्नुपर्ने बताए । उनले इलाम र बझाङको निर्वाचनमा सहयोग गर्न त्यस आसपासका सांसदहरुलाई आग्रह गरे । उनले पार्टीमा पक्ष र विपक्षको हुन दिन नहुने टिप्पणी गरे ।







तस्विर : बालकोट/फेशबुक