Logo

प्रचण्डलाई भेट्न बालुवाटार पुगे झलनाथ खनाल



काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल बालुवाटार पुगेका छन् । समसामयिक राजनीतिक परिस्थितिमा छलफल गर्न नेता खनाल आज बिहान बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा समसामयिक राजनीतिक परिस्थिति सँगै वैशाख १५ मा हुन लागेको उपनिर्वाचन र प्रदेश सरकार गठनका विषयमा छलफल भएको जनाइएको छ ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ । अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्