Logo

केपी ओलीले मबाट गल्ती भयो भनेर दुई-दुई दिनसम्म रुवाबासी गरेर माधव नेपालसँग माफी मागेको खतिवडाको खुलासा (भिडिओसहित)



काठमाडौं, ४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट चरम स्वार्थी र अवसरवादी व्यवहार प्रकट भएको भन्दै आपत्ति जनाएका छन् । उनले भने,‘एमाले अध्यक्ष ओलीमा चरम अवसरवादी, चरम स्वार्थी, कम्युनिष्ट पार्टीको नाममा भित्रभित्र चरम षड्यन्त्रकारी व्यवहार देखिएको छ, कसैगरि पनि वामपन्थी आन्दोलनमा फुट कायम गर्ने, बाहिर लेपनको लागि अनेकौं नाटकहरु गर्ने, त्यो चिजहरु हिजो अस्तिपनि पर्दाफास भैरहेका थिए ।’

एमाले अध्यक्ष ओलीले आफ्नो अध्यक्ष माधवकुमार नेपालसँग दुई दुई दिनसम्म रुवाबासी गरेर माफी मागेपछि आफूहरुले सहयोग गरेको उनको दाबी छ । उनले आफ्नो दलले त प्रधानमन्त्रीको अफर पनि छोडेको दल भएको भन्दै अवसरवादी भनेर भन्न नमिल्ने टिप्पणी गरे ।

उनले भने,‘तर, जोसँग जसरी मिलेर भएपनि सरकार चाहिन्छ भनेर हिँड्ने त एमाले हो नि । माधव नेपालको नाम लिँदा मुख कुल्ला गर्छु भन्ने केपी ओलीले लम्परसार परेर माफी मागे । माधव नेपाल त उदारवादी नेता हो । घरमा आउँदापनि स्वागत गरिदिनुभयो ।’ उनले एमाले नै दक्षिणपन्थी चरम अवसरवादी भएको टिप्पणी गरे । file photo



प्रतिक्रिया दिनुहोस्