Logo

सुहाङ्लाई जिताउन फिल्डमा उत्रिए केपी ओली, साथमा एकनाथ ढकाल



काठमाडौं, ४ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपनिर्वाचनको लागि इलाम पुगेका छन् । यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेद्वार युवा नेता सुहाङ नेम्वाङलाई जिताउनको लागि ओली चुनावी मैदानमा उत्रिएका हुन् । उनी सांसद एकनाथ ढकालसहित त्यसतर्फ प्रस्थान् गरेका हुन् ।

ओलीले इलाम जानुअघि फेशबुकमा पनि आफू आज इलाममै बस्ने जानकारी गराएका छन् । उनले लेखेका छन्–

इलाम बजारबाट देखिएको सूर्य उदाएको तस्बिर सहित सबैलाई शुभ बिहानी ! आज म इलाम जाँदै छु। आजको बसाइ त्यतै हुने छ । इलाम – २ का उम्मेदवार सुहाङ नेम्वाङसँगै हुने छु। इलाम – १ का सांसद तथा इलाम नगरपालिकाका पूर्व मेयर महेश बस्नेतले आज बिहान इलाम बजारबाट लिनु भएको तस्बिर ।



प्रतिक्रिया दिनुहोस्