Logo

चौथो पटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव (LIVE)



काठमाडौं, ४ वैशाख । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनार्थ मधेश प्रदेश सभाको बैठक जारी रहेको छ । मुख्यमन्त्री यादवले धारा १८८ को उपधारा २ बमोजिम विश्ववासको मत लिन लागेका हुन्।

केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो। बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको चौथो पटक हो।

मधेशमा १ सय ७ प्रदेशसभा सदस्यमध्ये सरकारलाई बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९/९ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद सजाय पाएर निलम्बित छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot