Logo

जसपा सूचना सञ्चार विभागको सचिवमा योगराज वनेम चयन



काठमाडौं, ४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको सचिवमा योगराज लिम्बू वनेम चयन भएका छन् ।

विभागको बैठकबाट पार्टीका केन्द्रीय सदस्य समेत रहेका वनेम विभागको सचिव चयन भएका हुन् ।

जसपाको संगठन विभाग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, कृषि तथा भूमि व्यवस्था विभागलगायतले सचिव चयन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्