Logo

मधेश सरकारबाट बाहिरिने लोसपाको तयारी, मन्त्री कुर्मीले दिए राजीनामा



काठमाडौं, ४ वैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी थालेको छ । लोसपाबाट प्रदेश सरकारको मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिइसकेका छन् । मनमन्त्री कुर्मीको राजीनमा आज नै स्वीकृत भएको छ । उक्त मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हालेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी भएपनि जनमत पार्टीको अवरोधपछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।

लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने बताइएको छ । कूल १०७ सदस्यीय प्रदेश सभामा लोसपाका ९ सांसद रहेका छन् । मधेशमा मुख्यमन्त्रीलाई विश्वासको मत पु्र्याउन ५४ सांसदको समर्थन आवश्यक छ ।

सत्तारुढ दल नेकपा (एमाले) सँग सभामुखसहित २४, जसपासँग १९, माओवादी केन्द्रसँग ९ र नेकपा (एकीकृत समाजवादी) का ७ सांसद छन् । लोसपा सरकारबाट बाहिरिँदा पनि मुख्यमन्त्री यादवले विश्वासको मत पाउने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot