Logo

रञ्जिता श्रेष्ठले मन्त्री खाने भएपछि सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) को भागमा



काठमाडौं, ४ बैशाख । सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशको नेतृत्व कसले लिने भन्नेबारे सुरु भएको विवाद मत्थर भएको छ । नेकपा (एकीकृत समाजवादी) ले कांग्रेससहितको गठबन्धनमा सामेल भएर सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका रेशम चौधरीनिकट लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीको संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए । कैलाशलाई एमाले, माओवादीको साथ थियो । तर, एकीकृत समाजवादीको कदमले केन्द्रीय सत्ता गठबन्धनमा नै हलचल पैदा भएपछि बालुवाटारमा नयाँ समझदारी बनेको छ ।

अब सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ल गर्ने भएको छ । आजै एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले नाउपाका लक्ष्मणकिशोरलाई समर्थन गर्ने निर्णयबाट ब्याक भएको भन्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन् । अब सुदूरपश्चिममा नयाँ समझदारी बन्ने निश्चित् भएको छ।

नाउपाकी अध्यक्ष रञ्जिताले भने केन्द्रीय सरकारमा एक मन्त्रालय लिने पक्का भएको छ । रञ्जिता आँफै सरकारमा जाने लगभग निश्चित् भएको बालुवाटारनिकट उच्च स्रोतको दाबी छ । उनलाई राम्रै मन्त्रालय दिएर सरकारमा ल्याउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल राजी भएका छन् । रञ्जिता आज/भोलि नै सरकारमा सामेल हुने बताईएको छ । उनले सञ्चार मन्त्रालयमा दाबी गरेको चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्