Logo

युवासँग साक्षात्कार गर्दै पूर्वमन्त्री सुदन किराती ‘वसन्त यात्रा’मा



काठमाडौं, ४ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किराती यतिबेला ‘वसन्त यात्रा’ मा छन् । ‘युवाहरू के भन्छन्’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम लिएर पूर्वका जिल्लाहरु भ्रमणमा निस्किएका पूर्वमन्त्री किरातीले उक्त अभियानलाई ‘वसन्त यात्रा’ नामाकरण गरेका छन् ।

गत आइतबारदेखि खोटाङबाट यात्रा प्रारम्भ गरेका किरातीले अहिले विभिन्न ठाउँमा युवाहरुसँग अन्तरक्रिया गरिरहेका छन् ।

‘वसन्त यात्रा’ अन्तर्गत नै आजबाट किरातीले मुन्धुम पदमार्गको पैदलयात्रा थालनी गरेका छन् । उक्त पैदल यात्रा एक हप्तासम्म जारी रहने बताइएको छ । पैदल यात्राका क्रममा बाटामा भेटिने युवा, व्यवसायी, पदमार्गीलगायत सँग किरातीले अन्तरक्रिया गर्ने बताइएको छ ।

पछिल्लो समय युवाहरुमा देखिएको निराशा, वर्तमान राजनीतिक, सामाजिक, सांस्कृतिक र युवा पलायनका विषयलाई केन्द्रमा राखेर पूर्वमन्त्री किरातीले अन्तिरक्रियालाई अगाडि बढाउने उनको सचिवालयले जनाएको छ । वसन्त ऋतुभरी अभियान जारी रहने पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot